‘गौँथली’को आक्रामक व्यापार, १० दिनमै ७ करोडमाथि ग्रस

हिमाल प्रेस ११ साउन २०८३ ११:३८ | Monday, July 27, 2026
12
SHARES
‘गौँथली’को आक्रामक व्यापार, १० दिनमै ७ करोडमाथि ग्रस

काठमाडौँ- डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ले घरेलु बक्स अफिसमा आक्रामक व्यापार गरेको छ । साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्मले १० दिनमा साढे ७ करोड नजिक व्यापार गरेको चलचित्र विकास बोर्डको तथ्यांकमा देखिन्छ।

१० दिनको अवधिमा फिल्मका २ लाख ६० हजार २५२ वटा टिकट बिक्री भएका छन्। योसँगै ‘गौँथली’ यस वर्षको सर्वाधिक कमाइ गर्ने दोस्रो फिल्म बनेको छ । पहिलो स्थानमा ‘जात्रा’ समूहको फिल्म ‘लालीबजार’ छ, जसले ९ करोड ३२ लाख रुपैयाँ ग्रस व्यापार गरेको थियो । यो फिल्मको रेकर्ड ‘गौँथली’ले यसै साता तोड्ने निश्चित देखिएको छ।

यस फिल्मले प्रदर्शनयताकै सबैभन्दा उच्च व्यापार गत शनिबार गरेको थियो । त्यसदिन फिल्मको कमाइ १ करोड ६५ लाखमाथि थियो । यो यस वर्ष नेपाली फिल्मले गरेको सर्वाधिक एकदिने कमाइ हो । हिजो आइतबार पनि फिल्मले लगभग डेढ करोडको व्यापार गर्‍यो । फिल्मको व्यापारिक रफ्तार हेर्दा यसै साता १० करोडको आँकडा पार हुने देखिन्छ ।

बोर्डले ‘गौँथली’सँगै अन्य दुई फिल्म ‘रोल नं। १’ र ‘भागदौड’को पनि कमाइ विवरण सार्वजनिक गरेको छ । जसमा ‘रोल नं। १’ले १० साउनसम्म ७१ हजार ४७३ वटा टिकट बिक्री गर्दै १ करोड ७८ लाख ५१ हजार ६९८ रुपैयाँ ग्रस कमाइ गरेको देखिन्छ । ‘भागदौड’ले भने सोही अवधिसम्म १ लाख १९५ रुपैयाँ कमाइ गरेको छ । यो यस वर्षको सबैभन्दा कम कमाउने फिल्म हो ।

प्रकाशित: ११ साउन २०८३ ११:३८ | Monday, July 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast