आईसीसी क्रिकेट विश्वकप लिग–२ : नेपाल सम्मिलित त्रिदेशीय शृंखलामा नामिबियामाथि नेदरल्यान्ड्सको जित

हिमाल प्रेस १० साउन २०८३ ७:११ | Sunday, July 26, 2026
16
SHARES
आईसीसी क्रिकेट विश्वकप लिग–२ : नेपाल सम्मिलित त्रिदेशीय शृंखलामा नामिबियामाथि नेदरल्यान्ड्सको जित

काठमाडौँ- घरेलु टोली नेदरल्यान्ड्सले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी शृंखलामा लगातार दोस्रो जित निकालेको छ । शनिबार उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा नेदरल्यान्ड्सले नामिबियालाई ५८ रनले निराश बनाएको हो ।

नेदरल्यान्ड्सले प्रस्तुत गरेको २५२ रनको लक्ष्य पछ्याएको नामिबियाले ४७।५ ओभरमा सबै विकेट गुमाएर १९३ रन मात्र बनाउन सक्यो । नामिबियाका निम्ति लोरेन स्टीनक्याम्पले सर्वाधिक ६८ रनको योगदान गरे । उनले ८७ बलमा तीन छक्का र एक चौका प्रहार गरे ।

मलान क्रुगरले ३६, कप्तान जेहार्ड इरस्मसले २७, जान निकाले लोफ्टी इटोनले १७ र माइकल भान लिंगनले १५ रन बनाए । नेदरल्यान्ड्सका आर्यन दत्त र लोगन भान बिकले चाररचार तथा कायल क्लेइन र ज्याक लायन क्याचेटले एकरएक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २५१ रन बनाएको थियो । नेदरल्यान्ड्सका बास डी लिडेले सर्वाधिक ९७ रनको योगदान गरे । उनले ९२ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे ।

कप्तान स्कट एड्वार्डसले ४०, म्याक्स ओ’डोउडले ३९, लोगन भान बिकले अविजित १८, नोआ क्रसले १८, ज्याक लायन क्याचेटले १७ र कार्डिक डे लाङले १३ रन बनाए । नामिबियाका जान निकोल लोफ्टी इटोले दुई तथा जेजे स्मिथ, रुबेल ट्रम्पलम्यान, बर्नार्ड स्कोल्ट्र्ज र जेर्हार्ड इरस्मसले एकरएक विकेट लिए ।

जितसँगै ३० खेलबाट ३६ अंक जोडेको नेदरल्यान्ड्स लिग तालिकाको तेस्रो स्थानमा छ । पराजित नामिबिया समान खेलबाट २४ अंकका साथ छैटौँ स्थानमा छ । पहिलो खेलमा दुवै टोलीले नेपाललाई हराएका थिए । अब सोमबार नेपाल र नामिबिया भिड्नेछन् ।

प्रकाशित: १० साउन २०८३ ७:११ | Sunday, July 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast