सडक दुर्घटनाबाट दाङमा एक वर्षमा ७२ जनाको मृत्यु

हिमाल प्रेस ६ साउन २०८३ १६:२१ | Wednesday, July 22, 2026
8
SHARES
सडक दुर्घटनाबाट दाङमा एक वर्षमा ७२ जनाको मृत्यु

दाङ- गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९ दुधेनाको चमिखोलामा टिपरको ठक्करबाट स्कुटरमा सवार तुलसीपुर-९ का ४९ वर्षीया पुष्पा कँडेलको मृत्यु भयो।

सोही महिनाको ३ गते गढवा गाउँपालिका-५ बाँकी गाउँमा ठोकिँदा स्थानीय ४२ वर्षीय भानु रिजालको पनि घटनास्थलमै मृत्यु भयो।

जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धानले ती दुवै दुर्घटना चालकले तीव्रगतिमा सवारी चलाएका कारण भएको निष्कर्ष दिएको छ। दुवै घटना सडक दुर्घटनाका उदाहरण मात्र हुन्।

यसैबीच, दाङ जिल्लामा आव २०८२/८३ मा ३४७ सवारी दुर्घटनामा ७२ जनाको मृत्यु भयो। मृत्यु हुनेमा ५० पुरुष, १९ महिला र तीन बालबालिका रहेको ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिए।

उनका अनुसार ती दुर्घटनामा परी १६३ पुरुष, ४७ महिला, १६ बालक र छ बालिका गम्भीर घाइते भए। त्यस्ता दुर्घटनामा सबैभन्दा बढी २८१ वटा मोटरसाइकल दुर्घटना भएका थिए।

सडक दुर्घटना हुनुका मुख्यकारण तीव्रगति र मादकपदार्थ सेवन, चालकको लापरबाही, सडककोे अवस्था, यान्त्रिक गडबडी रहेको प्रहरीको भनाइ छ।

प्रहरीले यस्ता दुर्घटना नदोहोरिन नदिन र दुर्घटना न्यूनीकरण गर्न नागरिक सचेतना तथा सडक सुरक्षा कार्यक्रम गर्दै आएको छ।

यसैबीच, पछिल्लो समय ट्राफिक प्रहरीले जतथाभावी सडक वारपार गर्ने पैदल यात्रुलाई सचेतना तथा चालकका लागि निःशुल्क स्वास्थ्य परीक्षण अभियान पनि सञ्चालन गरिरहेको छ।

प्रकाशित: ६ साउन २०८३ १६:२१ | Wednesday, July 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast