वैदेशिक रोजगार ठगीमा मुछिएका दुई आरोपित पक्राउ

हिमाल प्रेस ३२ असार २०८३ १५:१९ | Thursday, July 16, 2026
20
SHARES
वैदेशिक रोजगार ठगीमा मुछिएका दुई आरोपित पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ गरेका छन्।

नेपाल प्रहरीका अनुसार ललितपुर महालक्ष्मी नगरपालिका-२ इमाडोल बस्ने रूकुम मुसिकोट नगरपालिका-३ घर भएका ४७ वर्षीय रामचन्द्र खड्का र बूढानीलकण्ठ नगरपालिका पासीकोट बस्ने रूकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका-८ घर भएका ४८ वर्षीय पूर्णबहादुर मल्ल पक्राउ परेका हुन्।

वैदेशिक रोजगार न्यायाधिकरणबाट गत जेठ ११ गते पक्राउ अनुमति प्राप्त भएका खड्का फरार रहेको अवस्थामा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो।

जिल्ला अदालत ललितपुरबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका मल्ल बूढानीलकण्ठबाट पक्राउ परेका हुन्।

आवश्यक कारबाहीका लागि खड्कालाई वैदेशिक रोजगार विभाग र मल्ललाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।

प्रकाशित: ३२ असार २०८३ १५:१९ | Thursday, July 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast