उच्च शिक्षाको समकक्षता निर्धारण अब विश्वविद्यालय अनुदान आयोगले गर्ने

हिमाल प्रेस ३२ असार २०८३ १४:५१ | Thursday, July 16, 2026
14
SHARES
उच्च शिक्षाको समकक्षता निर्धारण अब विश्वविद्यालय अनुदान आयोगले गर्ने घडी भवन, त्रिवि कीर्तिपुर।

काठमाडौँ- विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको उपाधि समकक्षता निर्धारणको काम भएको छ।

त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले समकक्षता निर्धारण गर्दै आएकामा २०८३ साल साउन १ गते आयोगले सो गर्ने भएको हो।

त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले बिहीबार सूचना प्रकाशित गर्दै ‘केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२’ को दफा २८ बमोजिम विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० को दफा ६ मा संशोधन भएकाले विसं २०८३ को साउन १ गतेदेखि उक्त कार्य आयोगले गर्ने गरी व्यवस्था भएको जनाएको हो।

उक्त कानुनमा भएको नयाँ संशोधन र व्यवस्थासँगै अब उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण गर्ने सम्पूर्ण जिम्मेवारी विश्वविद्यालय अनुदान आयोगमा सरेको हो।

यो नयाँ कानुनी व्यवस्था कार्यान्वयन हुने भएपछि त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले अबदेखि समकक्षताका लागि नयाँ आवेदन लिने कार्य बन्द गरिएको पनि सूचित गरेको छ।

प्रकाशित: ३२ असार २०८३ १४:५१ | Thursday, July 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast