सांसदलाई अब स्वकीय सचिव, मन्त्रिपरिषद्ले गर्‍यो निर्णय

हिमाल प्रेस ३२ असार २०८३ १३:४७ | Thursday, July 16, 2026
24
SHARES
सांसदलाई अब स्वकीय सचिव, मन्त्रिपरिषद्ले गर्‍यो निर्णय

काठमाडौँ- संघीय संसद्का (सांसद) सदस्यहरूले स्वकीय सचिव राख्न पाउने भएका छन्। मन्त्रिपरिषद्को मंगलबारको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा उपलब्ध गराउने निर्णय गरेको हो।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमका अनुसार संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची संशोधन गर्दै उक्त व्यवस्था गरिएको हो। उनले मन्त्रिपरिषद्को निर्णयपछि सांसदहरूले स्वकीय सचिव नियुक्त गर्न सक्ने बताइन्।

यसअघि पनि सांसदहरूले शाखा अधिकृत सरहको सेवासुविधा पाउने स्वकीय सचिव राख्न पाउने व्यवस्था थियो। तर जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले उक्त सुविधा खारेज गरेको थियो।

यद्यपि मन्त्रिपरिषद्को निर्णय संघीय संसद् सचिवालयमा औपचारिक रूपमा प्राप्त भइसकेको छैन। सचिवालयका प्रवक्ता एकरम गिरीले निर्णय प्राप्त भएपछि मात्रै स्वकीय सचिव नियुक्तिको प्रक्रिया अघि बढ्ने जानकारी दिए।

प्रकाशित: ३२ असार २०८३ १३:४७ | Thursday, July 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast