लगातारको हारका कारण बर्खास्तमा परे महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक पाठक

हिमाल प्रेस २७ असार २०८३ १३:३६ | Saturday, July 11, 2026
14
SHARES
लगातारको हारका कारण बर्खास्तमा परे महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक पाठक

काठमाडौँ- नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक भारतीय हर्षल जयन्त पाठकलाई पदमुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) को असार २१ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले पाठकको प्रशिक्षणमा रहेको राष्ट्रिय महिला क्रिकेट टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेको तथा उनको कार्यसम्पादन सन्तोषजनक नदेखिएको निष्कर्षसहित उनलाई सोही मितिबाट लागू हुने गरी प्रशिक्षक पदबाट हटाइएको बताइएको छ।

क्यानले राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारी हालका लागि महेशप्रसाद रिजाललाई दिएको छ। रिजाल राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत मोरङ जिल्ला खेलकुद विकास समितिमा कार्यरत लेभल–२ प्रशिक्षक हुन्। क्यानले रिजाललाई यू१९ टोलीको जिम्मेवारी सुम्पिएको हो। रिजालको नेतृत्वमा नेपालको यू१९ टोलीले यसअघि सन्तोषजनक प्रदर्शन गरेको छ।

हालैका अन्तर्राष्ट्रिय प्रतियोगितामा महिला टोलीको प्रदर्शन अपेक्षाअनुरूप हुन नसकेको अवस्थामा क्यानले प्रशिक्षक परिवर्तनको निर्णय गरेको हो।

प्रकाशित: २७ असार २०८३ १३:३६ | Saturday, July 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast