गणेश नेपालीको मृत्यु घटनामा प्रधानमन्त्रीलाई जवाफदेही बन्न कांग्रेसका प्रमुख सचेतक बासना थापाको आग्रह

हिमाल प्रेस २६ असार २०८३ १४:०० | Friday, July 10, 2026
8
SHARES
गणेश नेपालीको मृत्यु घटनामा प्रधानमन्त्रीलाई जवाफदेही बन्न कांग्रेसका प्रमुख सचेतक बासना थापाको आग्रह

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले काठमाडौँ त्रिपुरेश्वरमा बिहीबार आफ्नो शरीरमा आगो लगाएका गणेश नेपालीको निधनका सम्बन्धमा स्पष्ट पार्न प्रधानमन्त्री वालेन्द्र शाहसँग माग गरेको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कांग्रेसका प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्रीलाई जवाफदेही बन्न आग्रह गरिन्।

‘म तपाईंकै भाषामा सोध्न चाहन्छु प्रधानमन्त्रीज्यू,के राज्य साँच्चिकै यति निरीह र असफल भइसकेको हो कि आफ्ना पीडा सुनाउन नागरिकहरूले आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था आउँछ? यदि होइन भने यस्ता घटना किन पटकपटक दोहोरिइरहेका छन्। अब कालो चश्मा खोल्ने बेला आएको छ,’ थापाले भनिन्।

२०७९ माघमा प्रेम आचार्यले बानेश्वरमा आत्मदाह गर्दा काठमाडौँ महानगरपालिकाका तत्कालिन मेयर वालेन्द्र शाहले सरकारको विरोध गरेका थिए। सामाजिक संजालमार्फत् शाहले तत्कालीन सरकारको चर्को आलोचना गरेका थिए। कांग्रेसले प्रधानमन्त्रीलाई उक्त घटनामा लेखेको कुरा पनि स्मरण गराएको छ।

थापाले भनिन्,‘हिजोको घटना (गणेश नेपालकीको निधन) मा तपाईंको मौनता किन? विपक्षमा हुँदा राज्यको असफलतामाथि कठोर प्रश्न उठाउने तपाईं आझ स्वयं सरकारको नेतृतवमा हुँदा त्यै प्रश्नको जवाफ दिनबाट किन टाढा हुनुहुन्छ।’

महानगर प्रहरीले मोटरसाइकलमा ‘ह्वील लक’ लगाएपछि आफ्नो शरीरमा आगो लगाएका नेपालीमाथि सुरक्षाकर्मीले गरेको व्यवहारको पनि थापाले आलोचना गरिन्।

‘राज्य आतंकबाट एक युवाले आफ्नै शरीरमा आगो सल्काउँदा समेत राज्य मुकदर्शक बन्यो। शरीर आगोमा दन्किइरहेको छ,राज्यले एम्बुलेन्स नपठाएर बरु प्रहरी लगाएर अपराधीझैं घिसारेर लग्यो। म सरकारलाई सोध्ने चाहन्छु यो उद्दार हो कि गिरफ्तारी हो ?,’ उनले भनिन्।

थापाले सीमाजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले संसदमा व्यक्त गरेको टिप्पणीको आलोचना गरेकी छन्।

प्रकाशित: २६ असार २०८३ १४:०० | Friday, July 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast