ग्रेड विवरण पेस गर्न शिक्षकलाई आग्रह

हिमाल प्रेस २४ असार २०८३ १५:२६ | Wednesday, July 8, 2026
34
SHARES
ग्रेड विवरण पेस गर्न शिक्षकलाई आग्रह

काठमाडौँ- राष्ट्रिय किताबखाना (शिक्षक) ले प्राविधिक ग्रेड-२ र ग्रेड-१ सम्बन्धी विवरण पेस गर्न सम्बन्धित शिक्षकलाई आग्रह गरेको छ।

जारी सूचनाअनुसार शिक्षा मन्त्रालयको २०८३-१-३१ गतेको मन्त्रीस्तरीय निर्णय तथा पूर्वनिर्णयहरूका आधारमा स्थायी नियुक्ति लिएका, तालिम प्राप्त गरेका तथा प्राविधिक ग्रेड प्राप्त शिक्षकहरूको अभिलेख अद्यावधिक गर्न विवरण संकलन गरिने भएको हो।

सूचनामा २०७३ साउन ९ गतेसम्मका आधारमा प्राविधिक ग्रेड-२ वा ग्रेड-१ प्राप्त गर्न योग्य शिक्षकहरूले आवश्यक कागजातसहित सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमार्फत विवरण पेस गर्न आग्रह गरिएको छ।

शिक्षकहरूले तालिमको प्रमाणपत्र, स्थायी नियुक्तिपत्र, तलब प्रतिवेदन फाराम, पालिकाबाट प्राप्त ग्रेड सुविधा सम्बन्धी विवरण तथा सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइको सिफारिससहित कागजात राष्ट्रिय किताबखानामा पेस गर्नुपर्ने छ।

प्राप्त विवरणका आधारमा योग्य शिक्षकहरूको तलब प्रतिवेदन पारित गर्ने प्रक्रिया अगाडि बढाइनेछ।

प्रकाशित: २४ असार २०८३ १५:२६ | Wednesday, July 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast