लियोनेल मेस्सी, किलियन एम्बाप्पे र एर्लिङ हालान्ड। तस्बिर : एपी/रासस
काठमाडौँ- जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान गरिने ‘गोल्डेन बुट’ को दौड निकै रोमाञ्चक मोडमा पुगेको छ। प्रतियोगिताका तीन स्टार फरवार्ड फ्रान्सका किलियन एम्बाप्पे, नर्वेका एर्लिङ हालान्ड र अर्जेन्टिनाका लियोनेल मेस्सीले समान ७ गोलसहित शीर्ष स्थानमा रहेका छन्।
भर्खरै सम्पन्न प्रि क्वार्टरफाइनल (अन्तिम १६) को खेलमा नर्वेका हालान्डले ब्राजिलविरुद्ध दुई गोल गरेपछि उनले मेस्सी र एम्बाप्पेको संख्यासँग बराबरी गरेका हुन्। विश्वकपको ट्रफीसँगै व्यक्तिगत विधा तर्फको यो प्रतिष्ठित अवार्ड जित्नका लागि यी तीन खेलाडीबीच आगामी खेलमा कडा प्रतिस्पर्धा हुने देखिएको छ।
प्रकाशित: २२ असार २०८३ ८:३३ | Monday, July 6, 2026
प्रतिक्रिया




