राष्ट्रियसभामा अर्थमन्त्रीको जबाफपछि ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत

हिमाल प्रेस १५ असार २०८३ १७:४० | Monday, June 29, 2026
20
SHARES
राष्ट्रियसभामा अर्थमन्त्रीको जबाफपछि ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत

काठमाडौँ- राष्ट्रियसभाबाट प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले सोमबारको बैठकमा राखेको उक्त प्रस्ताव राष्ट्रियसभा बैठकले बहुमतले स्वीकृत गरेको हो।

सांसदहरूले राखेको प्रश्नहरूको जबाफ दिँदै वाग्लेले बजेटमा आमजनताको हितका लागि शिक्षा, स्वास्थ्य र विद्युत्मा केही मात्रामा कर लगाइएको बताए।

मुलुकका तीन चौथाई विद्यार्थी सामुदायिक विद्यालयमा पढ्ने गरेको उल्लेख गर्दै मन्त्री वाग्लेले ‘सक्नेले नसक्नेलाई दिने’ भन्ने उद्देश्यका साथ निजी विद्यालयमा प्रगतिशील कर लगाइएको बताए।

त्यसैगरी मध्यमवर्गको राहतका लागि आय कर नलाग्ने रकम वृद्धि गरिएको जानकारी दिए। वर्तमान सरकार आउनुअघि नै बजेट सिलिङ तोकिसकेकाले संवैधानिक निकायको बजेट वृद्धि गर्न नसकिएको मन्त्री वाग्लेको भनाइ छ।

सरकारले महत्वाकांक्षी आर्थिक विकासको लक्ष्यअनुसार बजेट र कार्यक्रम ल्याएको तथा अर्थ मन्त्रालयलाई सुधार गरी कार्यान्वयन प्रभावकारी हुने व्यवस्था मिलाएको उनले बताए।

प्रकाशित: १५ असार २०८३ १७:४० | Monday, June 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast