फाइल तस्बिर।
काठमाडौँ- नेकपा एमाले नेता विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको छ । सोमबार पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको हो ।
पौडेल असार ८ मा सुर्खेतबाट पक्राउ परेका थिए । आफ्नो पदको दुरुपयोग गरेर व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो ।
प्रकाशित: १५ असार २०८३ १३:४४ | Monday, June 29, 2026
प्रतिक्रिया




