काठमाडौँ- यस वर्षको पहिलो सुपरहिट फिल्म ‘लालीबजार’ले भने १४ असारसम्म ९ करोड ३१ लाख ७७ हजार ६९० रुपैयाँ ग्रस कमाएको बोर्डको तथ्यांकमा देखिन्छ। यो फिल्मको पछिल्लो सात दिनको कमाइ ३ लाख ६३ हजार १८५ रुपैयाँ छ । आइतबारसम्म फिल्मका ३ लाख १६ हजार ९३० वटा टिकट बिक्री भएका छन् । यो फिल्मले शनिबार प्रदर्शनको ५१ दिन पूरा गरिसकेको छ ।
त्यस्तै, जेठ १५ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘रोल नं। १’ले आइतबारसम्म ६५ हजार ३०५ वटा टिकट बिक्री गर्दै १ करोड ६८ लाख ९५ हजार ९३८ रुपैयाँ ग्रस कमाएको छ । यसको अघिल्लो आइतबार ९७ असार०सम्मको कमाइ १ करोड ५५ लाख ४६ हजार ६६८ रुपैयाँ ग्रस थियो । अर्थात्, फिल्मले पछिल्लो सात दिनमा १३ लाख ४९ हजार २७० रुपैयाँ कमाइ थपेको छ ।
प्रकाशित: १५ असार २०८३ १२:५२ | Monday, June 29, 2026
प्रतिक्रिया




