टाउन हलमा आगजनी गरेको आरोपमा ४० वर्षीय पुरुष पक्राउ

हिमाल प्रेस ४ कार्तिक २०८३ ९:५१ | Wednesday, October 21, 2026
12
SHARES
टाउन हलमा आगजनी गरेको आरोपमा ४० वर्षीय पुरुष पक्राउ

काठमाडौँ– फ्रान्सको लिमोज सहरस्थित ऐतिहासिक टाउन हलमा आगजनी गरेको आरोपमा ४० वर्षीय एक पुरुष पक्राउ परेका छन् ।

अधिकारीहरूका अनुसार पक्राउ परेका व्यक्ति कट्टर वामपन्थी समूहहरूसँग आबद्ध रहेको आशंका गरिएको छ । घटनाको गम्भीरतालाई ध्यानमा राख्दै अनुसन्धानमा आतंकवादविरोधी प्रहरी टोलीलाई समेत संलग्न गराइएको छ ।

मध्य फ्रान्सको लिमोज सहरमा रहेको ऐतिहासिक टाउन हलमा गत अक्टोबर १७ मा भीषण आगलागी भएको थियो । आगलागीबाट भवनको छाना र घण्टाघर पूर्ण रूपमा ध्वस्त भएका थिए ।

लिमोज अभियोजकको कार्यालयका अनुसार ४० वर्षीय व्यक्तिलाई नजिकैको सहर वाल दिजियरबाट विशेष प्रहरी इकाई ‘रेड’का अधिकारीहरूले मंगलबार पक्राउ गरेका हुन् ।

अधिकारीहरूका अनुसार ती व्यक्ति यसअघि नै सुरक्षा निकायको निगरानीमा रहेका थिए । उनी सम्भावित खतराका रूपमा सूचीकृत हुनुका साथै कट्टर वामपन्थी आन्दोलनसँग आबद्ध रहेको आशंका गरिएको छ ।

अक्टोबर १७ मा लिमोजमा भएको विरोध प्रदर्शनमा करिब पाँच हजार मानिस सहभागी भएका थिए । अधिकारीहरूका अनुसार तीमध्ये करिब ७०० जना अतिवादी तथा अत्यधिक हिंसात्मक गतिविधिमा संलग्न रहेको आशंका गरिएको थियो ।

प्रकाशित: ४ कार्तिक २०८३ ९:५१ | Wednesday, October 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast