मधेश प्रदेशमा मन्त्री नै नियुक्त नभई शपथ ग्रहणको तयारी

हिमाल प्रेस २० माघ २०७९ १७:५२ | Friday, February 3, 2023
मधेश प्रदेशमा मन्त्री नै नियुक्त नभई शपथ ग्रहणको तयारी

जनकपुरधाम– मधेस प्रदेश सरकारका सत्तासाझेदार दलहरूबीच सहमति हुन नसक्दा शुक्रबार (आज) हुने भनिएको मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन।

मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका थिए। तर सत्तासाझेदार दलहरूबीच मन्त्रालय भागबण्डामा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको हो।

प्रदेश सरकारले नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहणका लागि मञ्च व्यवस्थापनलगायत सबै तयारी पूरा गरिसकेको छ। तर दलहरूबीच मन्त्रालय भागबण्डामा सहमति नहुँदा मन्त्रीहरूको नियुक्ति नै हुन सकेको छैन।

प्रदेशको मधेश भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा नयाँ नियुक्त हुने मन्त्रीहरूको शपथ ग्रहणको सम्पूर्ण तयारी पूरा गरिएको छ। लामो रस्साकस्सी पछि मुख्यमन्त्री यादवले मन्त्रिपरिषाद्लाई पूर्णता दिने तयारी गरेका हुन्। तर अन्तिम अवस्थामा आएर सत्तासाझेदार दलहरू नेकपा एमाले, जनता समाजवादी पार्टी, नेपाल (जसपा) र नेकपा माओवादी केन्द्रबाट मन्त्रालयहरूमा आ-आफ्नै दाबी रहेका कारण शुक्रबार मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना देखिँदैन।

कतिपय दलमा आन्तरिक कलहका कारण मन्त्रालय भागबण्डाको विषयमा विवाद रहेको बुझिएको छ। शपथ ग्रहणका लागि अपराह्न ४ बजेकै समय तोकिए पनि मन्त्रालय भागबण्डामा मत नमिल्दा मन्त्रीहरू नै नियुक्त हुन सकेका छैनन्।

यो पनि:

सरकार बनेको झण्डै १ महिनापछि मधेश प्रदेश मन्त्रिपरिषद्‍ले पूर्णता पाउँदै

प्रकाशित: २० माघ २०७९ १७:५२ | Friday, February 3, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast