सरकार बनेको झण्डै १ महिनापछि मधेश प्रदेश मन्त्रिपरिषद्‍ले पूर्णता पाउँदै

हिमाल प्रेस २० माघ २०७९ १६:११
14
SHARES
सरकार बनेको झण्डै १ महिनापछि मधेश प्रदेश मन्त्रिपरिषद्‍ले पूर्णता पाउँदै

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। सत्तारुढ दलहरू नेकपा एमाले, जनता समाजवादी पार्टी, नेपाल (जसपा), जनमत पार्टी र नेकपा माओवादी केन्द्रलाई समेटेर उनले मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन्।

पुस २९ गते बिनाविभागीय ३ मन्त्रीहरूसहित मन्त्रिपरिषद् गठन गरेका मुख्यमन्त्री यादवले त्यसको झण्डै १ महिनापछि मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका हुन्। बाँकी रहेका ७ वटा मन्त्रालयको भागबण्डामा सहमति भएपछि शुक्रबार प्रदेश मन्त्रिपरिषद् पूर्ण बन्न लागेको हो।

जसपाबाट सुरिता साह, सिंहासन साह कलवार र प्रमोद जयसवाललाई मन्त्रिपरिषद्‍मा लाने तयारी रहेको बुझिएको छ।

यस्तै एमालेबाट राजकुमार लेखी र शारदा थापा, जनमतबाट महेश यादव र माओवादी केन्द्रबाट भरत साह तथा सुनिता यादवको नाम मन्त्री बन्ने सूचीमा पर्नसक्ने सम्भावना छ। नवनियुक्त मन्त्रीहरूले आजै शपथ ग्रहण लिइसक्ने सम्भावना छ।

प्रकाशित: २० माघ २०७९ १६:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =