पोखरा महानगरले बालविकास सहजकर्ता र विद्यालय कर्मचारीका लागि छुट्यायो ४ करोड ८० लाख

हिमाल प्रेस १२ असार २०८३ ६:३० | Friday, June 26, 2026
28
SHARES
पोखरा महानगरले बालविकास सहजकर्ता र विद्यालय कर्मचारीका लागि छुट्यायो ४ करोड ८० लाख

काठमाडौँ- पोखरा महानगरपालिकाले बालविकास केन्द्रका सहजकर्ता (ईसीडी शिक्षक) तथा विद्यालय कर्मचारीहरूको न्यूनतम तलब सुविधा सुनिश्चित गर्न ४ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

महानगरले बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरूको मनोबल उच्च बनाउँदै विद्यालयको समग्र शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले उक्त बजेट व्यवस्था गरेको जनाएको छ।

लामो समयदेखि विद्यालयमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारीहरूको सेवाको सम्मान गर्दै उनीहरूको आर्थिक अवस्था सुधार गर्न महानगरले यो निर्णय गरेको हो।

शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले यसलाई स्वागतयोग्य र उदाहरणीय कदमका रूपमा लिएका छन्।

प्रकाशित: १२ असार २०८३ ६:३० | Friday, June 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast