भेनजुएलामा भूकम्पमा परी ३२ जनाको मृत्यु, जापानमा पनि ७.२ म्याग्निच्युडको भूकम्प

हिमाल प्रेस ११ असार २०८३ १६:४४ | Thursday, June 25, 2026
6
SHARES
भेनजुएलामा भूकम्पमा परी ३२ जनाको मृत्यु, जापानमा पनि ७.२ म्याग्निच्युडको भूकम्प भेनेजुएलामा भूकम्पपछि क्षतिग्रस्त भवन, तस्बिर : एएफपी

काठमाडौँ – उत्तरपूर्वी जापानमा ७.२ म्याग्निच्युडको भूकम्प आउदाँ कम्तीमा चार जना घाइते भएका छन्।

जापान मौसम विज्ञान एजेन्सी र स्थानीय अग्निशमन विभागले विज्ञप्ति जारी गर्दै भूकम्प इवाटे प्रान्तको प्रशान्त तटमा ४४ किलोमिटर गहिराइमा आएको जनाएको छ।

हासिकामी र हाचिनोहेका स्थानीय अग्निशमन विभागका अनुसार चार जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ।

विभागले आगामी हप्तासम्म जापानी भूकम्प तीव्रता मापनको उच्च स्थरको भूकम्पका लागि जनतालाई सतर्क रहन आग्रह गरेको छ।

जापान चार टेक्टोनिक प्लेटहरूको छेउमा अवस्थित भएकाले तथा १०० वटा सक्रिय ज्वालामुखीहरूको उपस्थती रहेकाले यसलाई उच्च भूकम्पीय गतिविधिको जोखिममा रहेको राष्ट्रका रुपमा चिनिन्न्छ।

यस अघि सन् २०११ मा जापानमा आएको ९.० म्याग्निच्युडको भूकम्प र त्यस पछि आएको सुनामीको कारण १५ हजार भन्दा बढी मानिसको ज्यान गएको थियो।

यता भेनेजुएलामा आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२ जनाको मृत्यु भएको तथा ७०० जना घाइते भएको कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्जले जानकारी दिएकी छन्।

देशका विभिन्न क्षेत्रमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प आएपछि दर्जनौँ भवनहरू भत्किएका छन् भने आपत्कालीन टोलीहरू प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका छन्।

कार्यवाहक राष्ट्रपति रोड्रिग्जका अनुसार ला गुआइरा राज्य सबैभन्दा बढी प्रभावित भएको छ। उनले उक्त क्षेत्रले गम्भीर मानवीय संकटको सामना गरिरहेको बताइन्।

उनका अनुसार धेरै भवनहरू ध्वस्त भएका छन् र भग्नावशेषमा फसेका मानिसहरूको उद्धारका लागि सुरक्षाकर्मी तथा आपत्कालीन टोलीहरू निरन्तर परिचालन गरिएका छन्।

रोड्रिग्जले ला गुआइरालाई विपद् प्रभावित क्षेत्रका रूपमा वर्णन गर्दै जीवन रक्षा अहिले सरकारको प्रमुख प्राथमिकता रहेको बताइन्। -रासस

प्रकाशित: ११ असार २०८३ १६:४४ | Thursday, June 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast