विष्णु पौडेललाई काठमाडौँ ल्याइपुर्‍याइयो, आजै अदालत लगिँदै

हिमाल प्रेस ९ असार २०८३ १२:४७ | Tuesday, June 23, 2026
6
SHARES
विष्णु पौडेललाई काठमाडौँ ल्याइपुर्‍याइयो, आजै अदालत लगिँदै

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ। सोमबार सुखेतबाट पक्राउ परेका पौडेललाई केहीबेरअघि स्थलमार्गबाट काठमाडौँ ल्याइएको हो। अहिले उनलाई प्रहरीले सम्पत्ति शुद्धीकरण विभाग पुर्‍याएको हो।

उनलाई आजै म्याद थपका लागि अदालत लाने तयारी छ । उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको स्रोतको दाबी छ। उनलाई नियन्त्रणमा लिनुअघि विभागको टोलीले उनको निवासमा पनि छापा मारेको थियो ।

 

प्रकाशित: ९ असार २०८३ १२:४७ | Tuesday, June 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast