इरानसँगको वार्तापछि अमेरिका उत्साहित

हिमाल प्रेस ८ असार २०८३ २०:२१ | Monday, June 22, 2026
10
SHARES
इरानसँगको वार्तापछि अमेरिका उत्साहित

काठमाडौँ– अमेरिकी उपराष्ट्रपति जेडी भान्सले स्विट्जरल्यान्डमा भएको पहिलो चरणको अमेरिका–इरान वार्ताले मध्यपूर्व युद्ध समाप्त गर्न अन्तिम सम्झौता गर्नका लागि राम्रो आधार तयार पारेको बताएका छन्।

‘हामीले सफल अन्तिम सम्झौताका लागि निकै राम्रो आधार तयार पारेका छौँ,’ पत्रकारहरूसँग कुराकानी गर्दै भान्सले भने। यो वार्ता आइतबार सुरु भएको थियो र राति अबेरसम्म चलेको थियो।

उनले भने, ‘मध्यपूर्वको शान्तिका लागि अन्तिम सम्झौता एउटा पूर्ण संरचना हो भने हामीले स्वीट्जरल्याण्डमा भइरहेको वार्ताबाट यसका लागि जग बसालेका छौँ। राम्रो ठाउँमा पुग्न सफल आधार तयार पारेका छौँ।’

‘हामी सबैले कति काम भयो भन्ने कुराको महत्व बुझ्नु आवश्यक छ, तर इमानदारीपूर्वक भन्नुपर्दा अझै धेरै काम बाँकी छ। हामीले आणविक वार्ता, आर्थिक वार्तामा प्रगति गरिरहेका छौँ, जलमार्गहरूबाट विस्फोटक पदार्थ हटाउने काम गरिरहेका छौँ र त्यहाँ यातायातको प्रवाह फेरि बढोस् भन्ने सुनिश्चित गरिरहेका छौँ,’ उनले भने।

उनले रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज मार्ग ‘खुला रहेको’ बताउँदै विगतमा रोकिएको लाखौँ ब्यारेल कच्चा तेल र प्राकृतिक ग्यासको ढुवानी अहिले भइरहेको उल्लेख गरे।

पाकिस्तान र कतारको मध्यस्थतामा स्विट्जरल्यान्डको बुर्गेनस्टकमा अमेरिका–इरान वार्ता भएको हो।

यसैबीच, ‘प्राविधिक स्तरमा’ छलफलहरू आगामी दिन र हप्ताहरूमा बुर्गेनस्टकमै जारी रहने उनले बताए।

प्रकाशित: ८ असार २०८३ २०:२१ | Monday, June 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast