हर्क साम्पाङले मागे मन्त्री महावीर पुनसँग १० करोड

हिमाल प्रेस ५ असार २०८३ १२:४८ | Friday, June 19, 2026
36
SHARES
हर्क साम्पाङले मागे मन्त्री महावीर पुनसँग १० करोड

काठमाडौँ- प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयसँग धरानका विभिन्न विकास तथा प्रविधिसम्बन्धी योजनाका लागि बजेट विनियोजन गर्न आग्रह गरेका छन्।

सांसद राईले शुक्रबार विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई पत्र लेख्दै धरान उपमहानगरपालिका-१७ फोकल्याण्डमा निर्माणाधीन प्रदेशस्तरीय राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानको भवन निर्माण सम्पन्न गर्न आवश्यक बजेट उपलब्ध गराउन माग गरेका हुन्।

भवनको जग निर्माण भइसकेको भए पनि पर्याप्त बजेट अभावका कारण काम अगाडि बढ्न नसकेको पत्रमा उल्लेख गर्दै कम्तीमा १० करोड रुपैयाँ वा निर्माण सम्पन्न हुने गरी मन्त्रालयको अबण्डा बजेटबाट यसै आर्थिक वर्षमा रकम विनियोजन गर्न अनुरोध गरिएको छ।

त्यसैगरी, धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसभित्र रहेको धरान आविष्कार तथा नवप्रवर्तन केन्द्रका लागि आवश्यक उपकरण खरिद गर्न बजेट व्यवस्था गरिदिन पनि उनले आग्रह गरेका छन्।

सांसद राईले धरान-२० वडा कार्यालय नजिक नमुना ‘विन्ड टर्बाइन’ स्थापना गरी विद्युत उत्पादन गर्ने योजनाका लागि समेत आवश्यक बजेट विनियोजन गर्न मन्त्रालयलाई अनुरोध गरेका छन्।

पत्रमा उल्लेख गरिएका प्रमुख योजनामा प्रदेशस्तरीय नास्ट भवन निर्माण, धरान आविष्कार तथा नवप्रवर्तन केन्द्रका लागि उपकरण खरिद तथा धरान-२० मा विन्ड टर्बाइनमार्फत विद्युत उत्पादन आयोजना रहेका छन्।

प्रकाशित: ५ असार २०८३ १२:४८ | Friday, June 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast