फिफा विश्वकप–२०२६

नवप्रवेशी केप भर्डेसँग विश्वविजेता स्पेन गोलविहीन, अंक बाँडे

हिमाल प्रेस २ असार २०८३ ६:४३ | Tuesday, June 16, 2026
नवप्रवेशी केप भर्डेसँग विश्वविजेता स्पेन गोलविहीन, अंक बाँडे

काठमाडौँ- फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप भर्डेसँग गोलरहित बराबरीमा रोकिएको छ ।

अमेरिकाको एटलान्टास्थित एट्लान्टा रंगशालामा भएको खेलमा स्पेनले सम्पूर्ण खेलभर दबदबा बनाए पनि गोल गर्न असफल रह्यो । खेलमा स्पेनले ७४ प्रतिशत बल पोजिसन आफ्नो पक्षमा राख्दै केप भर्डेको पोस्टमा निरन्तर आक्रमण गरेको थियो ।

तर केप भर्डेका गोलकिपर भोजिन्हा खेलका सबैभन्दा ठूलो नायक बने । उनले स्पेनका ८ वटा सट अन टार्गेटसहित दर्जनौँ खतरनाक प्रहारहरू उत्कृष्ट सेभ गर्दै आफ्नो टोलीलाई ऐतिहासिक बराबरी दिलाए ।

सन् २०१० को विश्वच्याम्पियन स्पेनले पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेमाथि जित निकाल्ने अपेक्षा गरिए पनि निर्णायक गोल गर्न सकेन । खेलमा स्पेनले आफ्नो स्टार खेलाडी लामिन यामाल र निको विलियम्सलाई समेत मैदानमा उतारे पनि नतिजा बदल्न सकेन । फिफा वरियतामा तेस्रो स्थानमा रहेको स्पेन ६४औँ स्थानमा रहेको केप भर्डेसँग अंक बाँड्न बाध्य भयो ।

प्रकाशित: २ असार २०८३ ६:४३ | Tuesday, June 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast