काठमाडौँ- ललितपुर महानगरपालिकाले डिजिटल माध्यमबाट तत्कालै जरिवाना बुझाउन सक्ने गरी ई–चलान प्रणाली आरम्भ गरेको छ।
महानगरले जथाभावी पार्किङ गर्ने, जथाभावी फोहरमैला फाल्ने, बोटबिरुवाहरु भाच्ने लगाएतका काम गर्नेलाई कारबाही गर्दा तत्कालै जरिवाना बुझाउन सक्ने गरी ई–चलान प्रणालीको शुभारम्भ गरेको हो।
महानगरले बर्जित गरेका कामहरुको जरिवाना सहज रुपमा तत्कालै बुझाउन सक्ने गरी क्युआर कोडसहितको ई– चलान प्रणाली लागू गरिएको ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए। महानगरलाई डिजिटल रुपमा सेवामैत्री बनाउने उद्देश्यका साथै ई–चलानको अवधारणालाई अघि सारिएको उनको भनाइ छ।
ई– चलान सुरु भएसँगै अब जरिवाना बुझाउनका लागि महानगरको कार्यालय नै आउने अवस्थाको अन्त्य भएको महानगर प्रमुख महर्जनले बताए।
प्रकाशित: १ असार २०८३ १३:१९ | Monday, June 15, 2026
प्रतिक्रिया




