ललितपुर महानगरले ल्यायो ७ अर्ब ४८ करोडको बजेट

हिमाल प्रेस १० असार २०८३ १९:३३ | Wednesday, June 24, 2026
8
SHARES
ललितपुर महानगरले ल्यायो ७ अर्ब ४८ करोडको बजेट

काठमाडौँ- ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

बुधबार ललितपुरमा आयोजित महानगरको नवौं नगरसभामा महानगरपालिकाकी उपमेयर मञ्जली शाक्यले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेकी हुन्।

चालू आर्थिक वर्षका लागि महानगरले ७ अर्ब ४७ करोड ४१ लाख ६७ हजारको बजेट ल्याएको थियो। बजेटलाई मितव्ययी, पारदर्शी, औचित्यपूर्ण रुपमा खर्च गर्नेगरी आगामी आर्थिक वर्षका लागि चालू खर्चका लागि ३ अर्ब २५ करोड १८ लाख ५३ हजार विनियोजन गरेको उनले बताए।

त्यसैगरी पुँजीगत खर्चतर्फ ४ अर्ब २३ करोड ६९ लाख २७ हजार विनियोजन गरिएको उनले बताए। उनले कला, संस्कृति तथा सम्पदाको समुचित संरक्षण र सम्वद्र्ध, स्थानीय स्रोत साधनको संरक्षण र समुचित परिचालन तथा सार्वजनिक जग्गाको संरक्षण, विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन, वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धनमा बजेटले जोड दिएको बताए।

त्यसैगरी सम्पदा तथा सांस्कृतिक एवं धार्मिक पर्यटनको प्रवद्र्धन, अपाङ्गता मैत्री व्यवहार र व्यवस्था, युवा तथा खेलकुद, बाल मैत्री व्यवहार तथा व्यवस्था, विपत जोखिम न्यूनीकरण र उद्धार, उद्यमशीलता विकास मार्फत रोजगार प्रवद्र्धन तथा गरीबी न्यूनीकरण लगायतमा समेत महानगरले विशेष प्राथमिकता दिएको उनले जानकारी दिए।

प्रकाशित: १० असार २०८३ १९:३३ | Wednesday, June 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast