काठमाडौँ- विश्वकप फुटबलको सहआयोजक अमेरिकाले समूह चरणको पहिलो खेल जित्दै सानदार सुरुवात गरेको छ। शनिबार बिहान अमेरिकास्थित लस एन्जलस स्टेडियममा भएको खेलमा अमेरिकाले पाराग्वेलाई ४-१ गोलअन्तरले जितेको हो।
सुरुमा पाराग्वेका डामिन बोबाडिलाको आत्मघाती गोल गर्दा अग्रता लिएको अमेरिकाका लागि फ्लोरिन बालोगनले दुई गोल हाने भने दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा रेयनाले गोल गर्दै टोलीलाई ४-१ को जितमा पुर्याएका हुन्।
दोस्रो हाफको ७१औँ मिनेटमा पाराग्वेका मौरिसियोले १ गोल फर्काए पनि टोली अघि बढ्न सकेन। जितसँगै अमेरिकाले समूह ‘डी’मा ३ अंक जोडेर शीर्ष स्थानमा पुगेको छ। उक्त समूहमा अमेरिका र पाराग्वेसहित अस्ट्रेलिया र टर्की छन्। यसअघि शुक्रबार राति भएको खेलमा क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले १-१ को बराबरी गरेका छन्।




