Screenshot
काठमाडौँ- नेपाली क्रिकेट टोलीका पूर्वखेलाडी शक्ति गौचन राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा नियुक्त भएका छन्।
सरकारले गौचनसहित चार नयाँ सदस्य र उपाध्यक्षको टुंगो लगाएको हो। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्षमा नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को निर्णयअनुसार शक्तिका साथै राखेपको नयाँ सदस्यका रूपमा सिक्का सुवाल श्रेष्ठ, पवन शाही र मोनालिसा खम्बू पनि नियुक्त भएका छन्।
प्रकाशित: २८ जेठ २०८३ ७:०२ | Thursday, June 11, 2026
प्रतिक्रिया




