एसिया कपमा छनोट हुन महिला क्रिकेट टिमले थाइल्यान्डविरुद्ध १३१ रन बनाउनुपर्ने

हिमाल प्रेस २७ जेठ २०८३ ८:४३ | Wednesday, June 10, 2026
18
SHARES
एसिया कपमा छनोट हुन महिला क्रिकेट टिमले थाइल्यान्डविरुद्ध १३१ रन बनाउनुपर्ने

काठमाडौँ- एसीसी महिला प्रिमियर कपको क्‍वाटरफाइनलमा थाइल्यान्डले नेपाललाई १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर १३० रन बनाएको हो।

थाइल्यान्डका लागि नानापत कोन्चारोन्काइले अर्धशतकीय पारी खेलिन्। उनले ५१ बलमा अविजित ६३ रन बनाइन । फनिता मायाले २६ तथा चनिदा सुथिराङले १६ रन बनाइन् । नेपालका लागि कविता कुँवर, रिया शर्मा र रुबिना क्षेत्रीले १-१ विकेट लिए । एसिया कपमा छनोट हुनका लागि नेपालले यो खेल जित्नुपर्नेछ।

प्रकाशित: २७ जेठ २०८३ ८:४३ | Wednesday, June 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast