धवलशमशेर विभाजित बनेपछि पहिलो राप्रपाले बोलायो केन्द्रीय कार्यसमिति बैठक

हिमाल प्रेस २५ जेठ २०८३ ९:३२ | Monday, June 8, 2026
10
SHARES
धवलशमशेर विभाजित बनेपछि पहिलो राप्रपाले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक असार ५ र ६ गते काठमाण्डौंमा बस्ने भएको छ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार यसअघि तय भएको जेठ २८ र २९ गतेको समयबाट बैठक सरेको हो।

बैठकमा राजनीतिक, आर्थिक एवं सचिवालय सम्बन्धी प्रतिवेदन पेस हुनेछन्।

बैठकमा समसामयिक परिस्थितिको समिक्षा, संविधान संशोधनका सम्बन्धमा पार्टीको दृष्टिकोण, सांगठनिक सुदृढिकरण, सबै तहको अधिवेशन, पार्टीको महाधिवेशनको तयारी एवं महाधिवेशनको मिति समेत तय हुनेछ। राप्रपा भर्खरै विभाजन भएको छ। महामन्त्री धवलशमशेर राणासहितका झन्डै २ सय नेताहरूले राप्रपा छाडेका छन्। विभाजनपछि पहिलो पटक राप्रपाले केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो।

प्रकाशित: २५ जेठ २०८३ ९:३२ | Monday, June 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast