साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

हिमाल प्रेस २४ जेठ २०८३ ६:२६ | Sunday, June 7, 2026
4
SHARES
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

काठमाडौँ- साफ महिला च्याम्पियनसिपको उपाधि भारतले जितेको छ। गोवास्थित पण्डित जवाहरलाल नेहरु रंगशालामा गएराति भएको फाइनल खेलमा भारतले दुईपल्टको डिफेन्डिङ च्याम्पियन बंगलादेशलाई ३–१ गोलअन्तरले हराउँदै साफको छैटौँ पटक उपाधि जितेको हो।

पछिल्लो समय भारतले सात वर्षअघि उपाधि जितेको थियो। पछिल्लो पटक भारतले सन् २०१९ मा नेपालमा नै आयोजना भएको साफ च्याम्पियनसिपको उपाधि जितेको थियो। त्यसअघि साफको पहिलो संस्करणदेखि लगातार पाँचौँ संस्करणसम्म भारतले उपाधि जितेको थियो। त्यसपछि अहिले नवौँ संस्करणमा फेरि उपाधि उचालेको हो।

भारतका लागि प्यारी सासाले खेलकोे ४२औँ मिनेटमा गोल गर्दै अग्रता लिइन्। त्यसपछि खेलको पहिलो हाफको अत्तिरिक्त समयमा बंगलादेशकी खेलाडी ऋतुपोर्ना चक्माले गोल गदै बराबरी गरिन्। खेलको दोस्रो हाफको सुरुआतमै सन्फिदा नोङरुमले भारतका लागि दोस्रो गोल गरिन्। खेलको ८४औँ मिनेटमा लिन्दा कोम सेर्टोलेले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरिन्। यसअघि समूह चरणको खेलमा पनि भारतले बंगलादेशलाई ३–० गोलअन्तरले हराएको थियो।

भारतले भुटानलाई तथा बंगलादेशले नेपाललाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए। बंगलादेशले साफमा दुईपटक उपाधि उचालेको छ।

प्रकाशित: २४ जेठ २०८३ ६:२६ | Sunday, June 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast