साफ महिला च्याम्पियनसिप : सेमिफाइनलमा साविक विजेता बंगलादेशसँग भिड्दै नेपाल

हिमाल प्रेस २० जेठ २०८३ ८:५७ | Wednesday, June 3, 2026
12
SHARES
साफ महिला च्याम्पियनसिप : सेमिफाइनलमा साविक विजेता बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौँ- साफ महिला च्याम्पियनसिप २०२६ को सेमिफाइनलमा नेपालले बंगलादेशको सामना गर्दैछ। समूह चरणका दुवै खेलमा जित निकाल्दै नेपाल समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो ।

भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरु रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई २–० गोलले पराजित गरेको थियो । नेपालको जितमा रश्मीकुमारी घिसिङले पहिलो हाफको इन्जुरी समयमा र कप्तान रेनुका नगरकोटीले खेलको ६० औँ मिनेटमा गोल गरे ।

यसअघि समूहको पहिलो खेलमा भुटानलाई १–० गोलले हराएको नेपाल दुई खेलबाट ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहन सफल भएको हो । समूह ‘ए’ मा नेपालसँगै भुटान र श्रीलंका रहेका थिए । यस्तै समूह ‘बी’ मा आयोजक भारत, बंगलादेश र माल्दिभ्स रहेका छन् । प्रतियोगिताको नियमअनुसार दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल पुगेका हुन् ।

साफ महिला च्याम्पियनसिपको इतिहासमा पटकपटक फाइनल पुगेर पनि नेपालले हालसम्म उपाधि चुम्न सकेको छैन । यसपटक ऐतिहासिक उपाधि जित्ने स्पष्ट लक्ष्यका साथ नेपाली टोली गोवा प्रस्थान गरेको हो।

नेपाल र बंगलादेशबीचको यो कडा प्रतिस्पर्धा नेपाली समयअनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण ‘डीजीओ’ एपमार्फत हेर्न सकिने एन्फाले जनाएको छ ।

प्रकाशित: २० जेठ २०८३ ८:५७ | Wednesday, June 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast