साफ महिला च्याम्पियनसिप २०२६ : समूह चरणको अन्तिम खेल श्रीलंकासँग खेल्दै नेपाल

हिमाल प्रेस १७ जेठ २०८३ ९:२६ | Sunday, May 31, 2026
12
SHARES
साफ महिला च्याम्पियनसिप २०२६ : समूह चरणको अन्तिम खेल श्रीलंकासँग खेल्दै नेपाल

काठमाडौँ- साफ महिला च्याम्पियनसिप २०२६ अन्तर्गत नेपालले आज समूह चरणको दोस्रो तथा अन्तिम खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। खेल भारतको जवाहरलाल नेहरू स्टेडियममा साँझ ४:४५ बजे सुरु हुनेछ।

समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा भुटान लाई १–० ले हराएको थियो भने श्रीलंका भुटानसँग ४–० ले पराजित भएको थियो। नेपाललाई समूह विजेता बन्न श्रीलंकासँग बराबरी नै पर्याप्त हुनेछ।

कप्तान एन्जिला तुम्बापो सुब्बा को नेतृत्वमा रहेको नेपाल सेमिफाइनलअघि आत्मविश्वास बढाउने लक्ष्यमा मैदान उत्रिनेछ। चोटका कारण सावित्रा भण्डारी र सविता रानामगर टोलीमा छैनन्।

प्रतियोगिताका सेमिफाइनल खेल जुन ३ मा र फाइनल जुन ५ मा हुनेछन्। नेपाल हालसम्म छ पटक फाइनल पुगे पनि उपाधि जित्न सफल भएको छैन।

 

प्रकाशित: १७ जेठ २०८३ ९:२६ | Sunday, May 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast