काठमाडौँ- बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार सुन तोलामा रु दुई हजार १०० र चाँदी रु ५५ ले घटेको हो।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार शुक्रबार एक तोला सुनको मूल्य रु तीन लाख नौ हजार कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार २३० निर्धारण भएको छ।
हिजो बिहीबार एक तोला सुनको मूल्य रु तीन लाख ११ हजार १०० कायम भएको थियो भने एक तोला चाँदीको मूल्य रु पाँच हजार २८५ निर्धारण भएको थियो।
गत बुधबार एक तोला सुन रु तीन लाख ११ हजार ३०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ३७० मा खरिदबिक्री भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ४४३ र त्यति नै परिमाणको सेतो धातुको ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित: २२ जेठ २०८३ ११:२१ | Friday, June 5, 2026
प्रतिक्रिया




