घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति?

हिमाल प्रेस १ जेठ २०८३ ११:२१ | Friday, May 15, 2026
10
SHARES
घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति?

काठमाडौँ- बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा रु चार हजार र चाँदी रु ३५५ ले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९८ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार ३९० कायम भएको छ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख दुई हजार ५०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ७४५ मा खरिदबिक्री भएको थियो।

गत बुधबार एक तोला छापावाल सुन रु तीन लाख दुई हजार २०० र चाँदी रु पाँच हजार ७१० मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६७८ र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: १ जेठ २०८३ ११:२१ | Friday, May 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast