काठमाडौँ- एकैदिन सुनको मूल्य तोलामा साढे १० हजार रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ तय गरेको छ।
अघिल्लो दिन २ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार रुपैयाँ थियो।
त्यस्तै चाँदी आज तोलामा ३०५ रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६४० रुपैयाँमा कायम भएको छ।
गत शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८४० रुपैयाँ थियो।
प्रकाशित: ५ असार २०८३ १२:१७ | Friday, June 19, 2026
प्रतिक्रिया




