आज कति लाखमा कारोबार भइरहेको छ सुन?

हिमाल प्रेस १० जेठ २०८३ १०:५९ | Sunday, May 24, 2026
6
SHARES
आज कति लाखमा कारोबार भइरहेको छ सुन?

काठमाडौँ- नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार तोलामा एक सय रुपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला दुई हजार आठ सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार सुन प्रतितोला दुई लाख ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ।

शुक्रबार प्रतितोला पाँच हजार एक सय १५ रुपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार १० रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय पाँच रुपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय १० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: १० जेठ २०८३ १०:५९ | Sunday, May 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast