काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बुधबारको बैठकबाट आन्तरिक कार्यविधि र सदस्यहरूको आचारसंहिता पारित गर्नुका साथै एक परामर्श उपसमिति र पाँच विषयगत अध्ययन उपसमिति गठन गर्ने निर्णय गरेको छ।
बैठकले समितिको कार्ययोजना बनाउन, विषयहरू प्राथमिकता दिन र आवश्यक समन्वय गर्न सभापति डा.ओजस्वी शेरचनको अध्यक्षतामा सबै दलको प्रतिनिधित्व हुने गरी एउटा परामर्श उपसमिति गठन गरेको छ।
उक्त उपसमितिमा पुकार बम, प्रभा ढकाल, महावीर पुन, रिंगला यादव, रमेश मल्ल, राधिका रम्तेल, डा.लेखजङ्ग थापा र सीता थपलिया सदस्य रहनेछन्।
त्यसैगरी समितिले पाँच वटा विषयगत अध्ययन उपसमिति गठन गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता सम्बन्धी अध्ययन उपसमितिमा कामिनी कुमारी, प्रा.डा.चन्द्रमोहन यादव, डा.तोसिमा कार्की, प्रभा ढकाल, रिंगला यादव र डा.लेखजङ्ग थापा सदस्य छन्।
शिक्षासम्बन्धी अध्ययन उपसमितिमा गणेश पौडेल, गुरुप्रसाद बराल, जगतप्रसाद जोशी, रमेश मल्ल र राधिका रम्तेल सदस्य छन्।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी अध्ययन उपसमितिमा कुसुम महर्जन, झविलाल डुम्रे, पुकार बम, डा.प्रमिला कुमारी गच्छदार र महावीर पुन सदस्य छन्।
सूचना तथा सञ्चार सम्बन्धी अध्ययन उपसमितिमा खुस्बु सरकार श्रेष्ठ, शम्भु कुमार यादव, रविन महतो, विष्णुबहादुर खड्का र हरिप्रसाद भुसाल सदस्य छन्।
खेलकूदसम्बन्धी अध्ययन उपसमितिमा अचुतम लामिछाने, चन्दनकुमार सिंह, भीमकुमारी बुढामगर, राजन गौतम र सीता थपलिया सदस्य छन्।
उपसमितिहरूको काम ६ महिनाको हुनेछ। उनीहरूले आफ्नो कामको प्रगति आवधिक रूपमा समिति समक्ष पेस गर्नुपर्नेछ।




