काठमाडौँ- एसीसी प्रिमियर कपअन्तर्गतको खेलमा भुटानविरुद्ध नेपाली महिला टिम ११३ रनमा अलआउट भएको छ। मलेसियामा जारी खेलमा नेपालले टस हारेर ब्याटिङ गरेकोमा १९ दशमलव ६ ओभरमा सबै विकेट गुमाएर ११४ रनको लक्ष्य दिएको हो।
नेपालका लागि सीता राना मगरले ३७ रन, रुविना क्षेत्रीले २४ रन, ओपनर सम्झना खड्काले १० रन र सोनी पाख्रीनले १३ रन बनाउनबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्। भुटानका लागि सोनाम छोदेन र छिरिङ साङबोले समान ३–३ विकेट लिए। रिया प्रधान र रित्सी छोदेनले १–१ विकेट लिँदा अन्जु गुरुङले २ विकेट झारिन्। खेलको दोस्रो इनिङ्स केही बेरमा सुरु हुने छ।
एसीसी प्रिमियर कप अन्तर्गत भुटानविरुद्धको खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ। मलेसियामा भुटानले टस जितेर बलिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्न लागेको हो।बलिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्न लागेको हो।




