गोरखा स्मारक निर्माण गर्न आर्थिक सहयोग

हिमाल प्रेस १९ माघ २०७९ ९:२४
8
SHARES
गोरखा स्मारक निर्माण गर्न आर्थिक सहयोग

गण्डकी- तमुधिं युकेले स्याङ्जाको साल्मेडाँडास्थित निर्माणाधीन गोरखा स्मारक निर्माणका लागि एक लाख रुपैयाँ सहयोग गरेको छ।

तमुधिं युकेका अध्यक्ष हरि गुरुङ र वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले पोखरामा बुधबार आयोजित एक कार्यक्रमबीच स्मारक निर्माण समितिका अध्यक्ष जंगबहादुर गुरुङ, महासचिव डा चन्द्रबहादुर गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका छन्।

साल्मेडाँडामा भूतपूर्व गोरखा सैनिकको योगदानलाई जीवन्त राख्ने गरी गोरखा स्मारक निर्माण भइरहेको छ। नेपाल भ्रमण–२०२३ सकेर बेलायत फर्कन लागेको उक्त टोलीले हालै गुरुङ समुदायको बाक्लो बस्ती रहेको कास्कीको घान्द्रुक र सिक्लेस गाउँ, पर्वतको चार भञ्ज्याङ क्षेत्र र पूर्वस्थित ओखलढुंगाको रुम्जाटार क्षेत्रको भ्रमण गरेको थियो।

सहयोग हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङले गुरुङ जातिहको नाममा धेरै संघसंस्था र संगठन खुलेको उल्लेख गर्दै धेरै संघसंस्थालाई एउटै छाता संस्थामा एकीकृत गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: १९ माघ २०७९ ९:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast