इरानसँग एक साताभित्र सम्झौता हुन सक्छ : ट्रम्प

हिमाल प्रेस १९ जेठ २०८३ ११:१२ | Tuesday, June 2, 2026
4
SHARES
इरानसँग एक साताभित्र सम्झौता हुन सक्छ : ट्रम्प डोनाल्ड ट्रम्प। फाइल तस्बिर

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग एक साताभित्र सम्झौता हुन सक्ने बताएका छन्। उनले उक्त सम्झौता युद्धविरामलाई अगाडि बढाउने तथा स्ट्रेट अफ होर्मुज पुनः खुला गर्ने विषयसँग सम्बन्धित हुने बताए।

एबीसी न्युजलाई दिएको एक अन्तर्वार्तामा ट्रम्पले परिस्थिति राम्रो देखिएको बताए। ट्रम्पले केही समस्या देखा परेको भए पनि आफूले त्यसलाई तुरुन्त समाधान गरेको दाबी गरे। उनका अनुसार त्यो समस्या लेबनानमाथि भइरहेको इजरायली आक्रमणका कारण इरानको असन्तुष्टिसँग सम्बन्धित थियो। ट्रम्पले यो प्रक्रिया सजिलो नभएको भन्दै दुवै पक्षबीच गहिरो वैमनस्यता रहेको बताए। यसैबीच, लेबनानी अधिकारीहरुका अनुसार हिज्बुल्लाहले अमेरिकाले प्रस्तुत गरेको प्रस्ताव स्वीकार गरेको छ।

जसअनुसार उसले इजरायलमाथि आक्रमण गर्ने छैन र इजरायलले पनि बेरुतमाथि आक्रमण गर्ने छैन। अमेरिकास्थित लेबनानी दूतावासले हिज्बुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गरेको पुष्टि गरेको हो। उक्त प्रस्तावमा दुवै पक्षले आक्रमण रोक्ने सहमति गरिएको छ। इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले पनि यस सम्झौताको पुष्टि गरेका छन्। तर यदि हिज्बुल्लाहले आक्रमण बन्द नगरे आफूहरुको आक्रमण जारी रहने चेतावनी उनको छ।

गएराति अबेर लेबनानी दूतावासले इजरायलले बेरुतका दक्षिणी क्षेत्रहरूमा आक्रमण रोक्ने र त्यसको बदलामा हिज्बुल्लाहले इजरायलमाथि आक्रमण नगर्ने उल्लेख गरेको थियो।

प्रकाशित: १९ जेठ २०८३ ११:१२ | Tuesday, June 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast