लंका प्रिमियर लिगमा सन्दीप, दीपेन्द्र र कुशल अनुबन्धित

हिमाल प्रेस १९ जेठ २०८३ ६:२७ | Tuesday, June 2, 2026
8
SHARES
लंका प्रिमियर लिगमा सन्दीप, दीपेन्द्र र कुशल अनुबन्धित

काठमाडौँ- लंका प्रिमियर लिग (एलपीएल) मा नेपालका तीन क्रिकेट खेलाडीहरू अनुबन्धित भएका छन्। एलपीएलमा क्रिकेटरहरू सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल अनुबन्धित भएका हुन्।

सोमबार सन्दीप र दीपेन्द्रलाई जाफ्ना किंग्सले अनुबन्ध गरेको एलपीएलले जनाएको छ। कुशल भने कोलम्बो क्याप्समा खेल्ने भएका छन्।

सन्दीपले २० हजार अमेरिकी डलर पाउँदा दीपेन्द्र र कुशलले समान १५-१५ हजार डलर पाउने छन्। एलपीएलमा पाँचवटा टिम छन्। छैटौँ सिजनका लागि श्रीलंकाका १७९ र अन्य देशबाट २४२ खेलाडी ड्राफ्टमा परेका थिए। खेलाडी दर्ता मे ८ देखि २० सम्म गरिएको थियो।

एलपीएल १७ जुलाईबाट ८ अगस्टसम्म सञ्चालन हुनेछ।

प्रकाशित: १९ जेठ २०८३ ६:२७ | Tuesday, June 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast