विद्यार्थी नेताहरू पक्राउप्रति कांग्रेसको आपत्ति, तत्काल रिहाइको माग

हिमाल प्रेस १८ जेठ २०८३ १७:३३ | Monday, June 1, 2026
विद्यार्थी नेताहरू पक्राउप्रति कांग्रेसको आपत्ति, तत्काल रिहाइको माग

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभाको रोस्टममा दिएको सीमा समस्यासम्बन्धी अभिव्यक्तिलाई लिएर भएको विवाद चर्किँदै जाँदा सिंहदरबार दक्षिण गेटमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका नेपाल विद्यार्थी संघ (नेविसंघ) का विद्यार्थी नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले नेविसंघका राजकुमार बस्नेत, अर्जुन कार्की, आदित्य दास, दिनेश कार्की, मोहन कालाथोकी र गौरव पाण्डेलाई प्रदर्शनका क्रममा नियन्त्रणमा लिएको हो।

उक्त घटनाप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न पाउने संविधानप्रदत्त अधिकारमाथि ठाडो उल्लंघन भएको आरोप लगाएको छ।

नेपाली कांग्रेसद्वारा जारी विज्ञप्तिमा विद्यार्थी नेताहरूको गिरफ्तारीलाई अत्यन्त निन्दनीय भन्दै तत्काल रिहाइको माग गरिएको छ।

कांग्रेसले सरकारसँग पक्राउ परेका सबै विद्यार्थी नेताहरूलाई अविलम्ब रिहा गर्न जोडदार माग गरेको छ।

विज्ञप्तिमा पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालको हस्ताक्षर रहेको छ।

प्रकाशित: १८ जेठ २०८३ १७:३३ | Monday, June 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast