राष्ट्रपतिले गरे दुई विधेयक प्रमाणीकरण

हिमाल प्रेस १८ जेठ २०८३ ७:२८ | Monday, June 1, 2026
12
SHARES
राष्ट्रपतिले गरे दुई विधेयक प्रमाणीकरण फाइल तस्बिर

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन र मतदाता नामावलीसम्बन्धी दुई विधेयक प्रमाणीकरण गर्नेछन्। राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार संघीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ लाई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको हो।

राष्ट्रपति कार्यालयका अनुसार दुवै विधेयक आइतबार नै प्रमाणीकरण भएका हुन्। प्रमाणीकरणसँगै यी विधेयक कानुनी प्रक्रियाअनुसार कार्यान्वयनको चरणमा प्रवेश गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उक्त जानकारी दिइएको छ।

प्रकाशित: १८ जेठ २०८३ ७:२८ | Monday, June 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast