रास्वपाको राष्ट्रिय महाधिवेशन मूल आयोजक समिति गठन

हिमाल प्रेस १७ जेठ २०८३ २२:४७ | Sunday, May 31, 2026
16
SHARES
रास्वपाको राष्ट्रिय महाधिवेशन मूल आयोजक समिति गठन

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको तयारीका लागि पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा मूल आयोजक समिति गठन गरेको छ।

पार्टीले आइतबार सार्वजनिक गरेको विवरणअनुसार ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना हुनेछ।

मूल आयोजक समितिको अध्यक्षमा सभापति लामिछाने छन्। समितिका सदस्यमा उपसभापति डा. स्वर्णिम वाग्लेसहित कविन्द्र बुर्लाकोटी, भूपदेव शाह, विपिनकुमार आचार्य, लिमा अधिकारी, बसुमाया तामाङ, मनीष झा, विराजभक्त श्रेष्ठ, दीपकराज बोहरा, गणेश पराजुली, सोबिता गौतम, शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवली र सागर ढकाल छन्।

पार्टीका सबै केन्द्रीय समिति सदस्य तथा प्रदेश सभापतिहरू पनि मूल आयोजक समितिका सदस्य रहने जनाइएको छ।

रास्वपाले पहिलोपटक राष्ट्रिय महाधिवेशन गर्न लागेको हो। महाधिवेशनबाट पार्टीको आगामी राजनीतिक दिशा, संगठनात्मक संरचना तथा नेतृत्व चयनसम्बन्धी विषयमा महत्त्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।

प्रकाशित: १७ जेठ २०८३ २२:४७ | Sunday, May 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast