प्रचण्डको स्वास्थ्य सुधारोन्मुख, केही दिन अस्पतालमै रहने

हिमाल प्रेस १७ जेठ २०८३ १२:०९ | Sunday, May 31, 2026
6
SHARES
प्रचण्डको स्वास्थ्य सुधारोन्मुख, केही दिन अस्पतालमै रहने

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य सुधारोन्मुख देखिएको छ। चार दिनदेखि अस्वस्थ रहँदै आएका प्रचण्ड शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएका थिए।

रुघा र ज्वरोका साथै निमोनियाका कारण चिकित्सकहरूको सल्लाहमा उनलाई अस्पताल भर्ना गरिएको प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका थिए। चिकित्सकहरूले अहिले भेटघाट नगर्न सल्लाह दिएका दिएका थिए। आइतबार प्रचण्डलाई भेट्न पुगेका नेकपाका नेता रामप्रसाद सापकोटा दीपशिखाले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिए।

प्रकाशित: १७ जेठ २०८३ १२:०९ | Sunday, May 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast