भोटेकोशी बाढी हिमताल विष्फोट भएर निम्तिएको भयानक प्रलय : प्रचण्ड

हिमाल प्रेस २६ भदौ २०८३ १९:३२ | Friday, September 11, 2026
भोटेकोशी बाढी हिमताल विष्फोट भएर निम्तिएको भयानक प्रलय : प्रचण्ड

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रसुवाको भोटेकोशीमा आएको बाढी सामान्य नभई हिमताल विष्फोट भएर निम्तिएको भयानक प्रलय भएको बताएका छन्।

शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भदौ २३ र २४ गतेपछिको देशको राजनीतिक परिस्थिति जटिल र संशयपूर्ण रहेकै बेला आएको बाढीले सिङ्गो देश र विश्व समुदायलाई नै स्तब्ध र उद्धेलित बनाएको बताए।

उनले यस अकल्पनीय मानवीय तथा भौतिक क्षतिका कारण विश्वभरका वैज्ञानिक, विज्ञ तथा बुद्धिजीवीहरूको ध्यान यसको कारण र निदानतर्फ केन्द्रित भएको उल्लेख गरे।

कार्बन उत्सर्जन बढी गर्ने विकसित तथा पुँजीवादी देशहरूकै कारण आज विश्वमा ग्लोबल वार्मिङको संकट निम्तिएको बताउँदै उनले हिउँपहिरो जाने, हिमताल फुट्ने र तल्लो तटीय क्षेत्रमा विपद् आउने समस्या नेपालको मात्र नभई समग्र मानव जातिकै चुनौती भएको धारणा राखे।

संयोजक प्रचण्डले ठूलो क्षति भए पनि यस घटनापछि विश्व समुदायको चेत खुलेको र नेपालले अन्तर्राष्ट्रिय स्तरबाट जलवायु न्याय तथा उचित क्षतिपूर्ति पाउन सक्ने सम्भावना बढेको बताए।

प्रकाशित: २६ भदौ २०८३ १९:३२ | Friday, September 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast