कम्युनिस्ट एकता बलियो बनाउँछौँ : नेपाल

हिमाल प्रेस १६ जेठ २०८३ १६:५० | Saturday, May 30, 2026
20
SHARES
कम्युनिस्ट एकता बलियो बनाउँछौँ : नेपाल ली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले प्रतिनिधिसभा निर्वाचनको परिणामबारे पार्टीभित्र गम्भीर रुपमा समीक्षा भइरहेको बताएका छन्।

अखिल नेपाल महिला संगठनको एकता राष्ट्रिय भेलालाई शनिबार काठमाडौँमा सम्बोधन गर्दै सहसंयोजक नेपालले निर्वाचनमा सरकारी निकाय र पार्टीभित्रका निकायले खेलेको भूमिकाका बारेमा पार्टीभित्र गम्भीर रुपमा समीक्षा भइरहेको बताएका हुन्।

सबैतर्फको रिपोर्ट आइसकेपछि पार्टीले निर्वाचन मूल्यांकनको आधार तयार गर्ने उनले बताए। नेपालले अहिले एक वर्षभित्र पालिकामा राम्रो काम गर्नसके आउने चुनावको निम्ति वातावरण अनुकूल बन्ने सक्ने उल्लेख गरे।

उनले यसअघिका प्रवृतिले कम्युनिस्ट आन्दोलन कमजोर भएको भन्दै अब कुनै गल्तीकमजोरी नगरि कम्युनिस्ट एकतालाई बलियो बनाउने धारणा राखे।

व्यक्ति केन्द्रित राजनीति र सामूहिकताको भावनाको अभावलाई हटाउँदै अघि बढ्नुपर्ने उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast