एसियन गेम्स महिला क्रिकेट छनोट : पूजाको अर्धशतकमा चीनविरुद्ध नेपालको मध्यम लक्ष्य

हिमाल प्रेस १३ जेठ २०८३ १३:१० | Wednesday, May 27, 2026
4
SHARES
एसियन गेम्स महिला क्रिकेट छनोट : पूजाको अर्धशतकमा चीनविरुद्ध नेपालको मध्यम लक्ष्य

काठमाडौँ- एसियन गेम्स महिला क्रिकेट छनोटमा नेपालले चीनविरुद्ध १२५ रनको मध्यम योगफल तयार गरेको छ। मलेसियाको बायोमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२५ रनको मध्यम योगफल तयार गरेको हो।

नेपालका लागि उपकप्तान पूजा महतोले ५७ बलमा ६ चौकाको सहयोगमा ६३ रनको अर्धशतकयि इनिंग्स खेलिन्। नेपालको लागि भरपर्दो ब्याटर सम्झना खड्का ३ बलमा ४ रन बनाउँदै पहिलो ओभरमा आउट भइन्।

दोस्रो विकेटका लागि पूजाले सोनी पाख्रिनसँग मिलेर ३७ रनको महत्वपुर्ण साझेदारी गरिन्। सोनी २४ बलमा १८ रन जोड्दै आउट भइन् । कविता कुँवर ५ रनमा आउट हुँदा चौथो विकेटका लागि पूजा र रुवि पोदारका बीचमा ६४ रनको साझेदारी भयो । रुवि २२ तथा रुबिना क्षेत्री ४ रनमा अविजित रहिन्।

प्रकाशित: १३ जेठ २०८३ १३:१० | Wednesday, May 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast