प्रधानमन्त्री बालेन छिट्टै संसद्‌मा आउने सभामुखको जानकारी

हिमाल प्रेस १२ जेठ २०८३ १७:३९ | Tuesday, May 26, 2026
14
SHARES
प्रधानमन्त्री बालेन छिट्टै संसद्‌मा आउने सभामुखको जानकारी सभामुख डोलेन्द्रप्रसाद अर्याल

काठमाडौँ- प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को उपस्थितिलाई लिएर उत्पन्न गतिरोधपछि सभामुख डोलेन्द्रप्रसाद अर्यालले प्रधानमन्त्री छिट्टै सदनमा आउने स्पष्ट पारेका छन्। प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको अनुपस्थितिको विषय उठाउँदै मंगलबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि सभामुख अर्यालले प्रधानमन्त्रीका तर्फबाट प्राप्त जानकारी उद्धृत गर्दै यस्तो आश्वासन दिएका हुन्।

सभामुख अर्यालका अनुसार प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन प्रतिनिधिसभा बैठकमा उपस्थित हुने प्रतिबद्धता जनाएका छन्। उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू संसद्मा आएर यहाँहरूले उठाउनुभएको प्रश्नको उत्तर दिनुहुनेछ।’

सभामुखले प्रधानमन्त्रीको उपस्थितिको मिति भने संसद् सञ्चालन भइरहेकै दिन तय गरिने बताएका छन्। उनका अनुसार प्रधानमन्त्रीसँगको समन्वयपछि मात्रै औपचारिक रूपमा बैठकमा उपस्थित हुने समय सार्वजनिक गरिनेछ।

‘म सदन चलेकै दिन सम्माननीयज्यूलाई बोलाउँछु,’ सभामुख अर्यालले भने, ‘उहाँले छिट्टै सदनमा आएर सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने बताउनुभएको छ, मैले त्यही जानकारी यहाँहरूलाई दिएको हुँ।’

प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको प्रत्यक्ष जवाफको माग गर्दै बैठक अवरुद्ध गरेपछि सभामुखको यो भनाइ आएको हो। सभामुखको आश्वासनसँगै प्रतिनिधिसभा सञ्चालनका विषयमा छलफल अघि बढेको छ।

प्रकाशित: १२ जेठ २०८३ १७:३९ | Tuesday, May 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast