स्वास्थ्यमन्त्री मेहता र डब्लुएचओका महानिर्देशक टेड्रोसबीच भेटवार्ता, नेपालसँग सहकार्य र सहयोगका लागि प्रतिबद्ध

हिमाल प्रेस ८ जेठ २०८३ ७:०२ | Friday, May 22, 2026
8
SHARES
स्वास्थ्यमन्त्री मेहता र डब्लुएचओका महानिर्देशक टेड्रोसबीच भेटवार्ता, नेपालसँग सहकार्य र सहयोगका लागि प्रतिबद्ध

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा.टेड्रोस अधानोम घेब्रेयेससबीच भेटवार्ता भएको छ।

स्वीटजरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य संगठनले आयोजना गरेको ७९औँ विश्व स्वास्थ्य सभाका क्रममा उनीहरुबीच भेटवार्ता भएको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए।

मन्त्री मेहताले विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.टेड्रोससँगको भेट अत्यन्त फलदायी रहेको बताइन्।

भेटमा महानिर्देशक डा.टेड्रोसेले विश्व स्वास्थ्य संगठन सधैँ नेपालसँग सहकार्य र सहयोगका लागि प्रतिबद्ध रहेको बताएको मन्त्रालयका सहप्रवक्ता डा.अधिकारीले जानकारी दिए।

मन्त्री मेहताले सभामा नै यसअघि भारतीय र चिनियाँ समकक्षीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन्।

मन्त्री मेहता तीन सदस्यीय टोलीको नेतृत्व गर्दै सभामा भाग लिन जेनेभा गएकी हुन्।

प्रकाशित: ८ जेठ २०८३ ७:०२ | Friday, May 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast