एन्टिमाइक्रोबियल औषधी जथाभावी प्रयोग नगर्न स्वास्थ्यमन्त्रीको आग्रह

हिमाल प्रेस ४ मंसिर २०८३ १६:४८ | Friday, November 20, 2026
एन्टिमाइक्रोबियल औषधी जथाभावी प्रयोग नगर्न स्वास्थ्यमन्त्रीको आग्रह स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल औषधी जथाभावी प्रयोगले संक्रमण उपचारमा चुनौती थप्नुका साथै स्वास्थ्य प्रणालीमा आर्थिक भार बढाउँदै लगेकोले जथाभावी प्रयोग नगर्न आग्रह गरेकी छन्।

विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह २०२६ को अवसरमा शुक्रबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा उनले एन्टिमाइक्रोबियल औषधीको जथाभावी प्रयोगले संक्रमणको उपचार कठिन बनाउनुका साथै उपचार खर्च बढाउने बताएकी हुन्।

उनले यसको नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्दै संघ, प्रदेश र स्थानीय तहसम्म समन्वित प्रयास आवश्यक रहेको बताइन्।

एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) नियन्त्रणका लागि औषधीको विवेकपूर्ण प्रयोग, प्रभावकारी नियमन र स्वास्थ्य, कृषि तथा पशुपन्छी क्षेत्रबीच समन्वय आवश्यक रहेको मन्त्री मेहताले बताइन्।

उनले भनिन्,‘एएमआर कुनै एक क्षेत्रको मात्र समस्या नभई मानव, पशुपन्छी, वनस्पति, खाद्य प्रणाली र वातावरणसँग जोडिएको साझा चुनौती बनेको छ।’ कार्यक्रममा मन्त्री मेहताले ‘नेपालका अस्पतालहरूमा एन्टिमाइक्रोबियल औषधीको प्रयोगसम्बन्धी सर्वेक्षण’ दस्तावेज सार्वजनिक गरिन्।

प्रकाशित: ४ मंसिर २०८३ १६:४८ | Friday, November 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast